आइतबार, चैत १, २०८२

रवि लामिछानेविरुद्धकाे दायर रिट ‘हेर्दाहेर्दै’मा

मेरोन्यूज २०८२ चैत १ गते १८:५२

काठमाडाै् । रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोगपत्र फिर्ता गर्ने निर्णयविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतमा ‘हेर्दाहेर्दै’मा राखिएको छ।

Advertisement
nepal life insurencenepal life insurence

सर्वोच्च अदालतका न्यायाधीश सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आइतबार सुनुवाइ सुरु भएको थियो। तर बहस नसकिएकाले मुद्दा ‘हेर्दाहेर्दै’मा राख्दै भोलिका लागि पेसी तोकिएको हो ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिने निर्णयपछि कानुनी विवाद उत्पन्न भएको हो । महान्यायाधिवक्ता भण्डारीको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र सिन्धुलीका युवराज पौडेल सफलले रिट दायर गरेका हुन् ।

पुस ३० गते सदर गरेको ७ पृष्ठ लामो ’टिप्पणी र आदेश’ मा लामिछानेलाई सहकारी ठगीमा मात्र मुद्दा चलाउने र अन्य दुई गम्भीर प्रकृतिका मुद्दा हटाउन जिल्ला सरकारी वकील कार्यालयहरूलाई निर्देशन दिइएको थियो ।

प्रतिक्रिया