रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पूर्वतालिकाबमोजिम पार्टीका नवनिर्वाचित सांसदका लागि आज (मंगलबार) देखि ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा सहभागी भएका छैनन्।
पार्टीका उपसभापति डीपी अर्यालले दुवै नेता ‘स्वास्थ्यका कारण’ आज उद्घाटन सत्रमा उपस्थित हुन नसकेकाे बताए।
‘स्वास्थ्य अवस्था र व्यस्तताले गर्दा वरिष्ठ नेता बालेन शाह उद्घाटन सत्रमा आउन सक्नुभएन’, उनले भने, ‘सभापति लामिछाने पनि स्वास्थकै कारण उद्घाटनमा उपस्थित हुन सक्नुभएन।’बुधबारसम्म सञ्चालन हुने अभिमुखीकरण कार्यक्रम बालेनले उद्घाटन गर्ने र रविले समापन गर्ने तालिका थियो।
पार्टी सभापति रवि लामिछानेले दोस्रो दिनको समापन समारोहमा ‘पार्टीको रणनीतिक दृष्टिकोण र नीतिगत प्राथमिकता’ बारे मन्तव्य राख्ने तय भएको छ। कार्यक्रममा रास्वपाबाट प्रत्यक्ष निर्वाचित १२५ र समानुपातिक ५७ जना गरी १ सय ८२ सांसद सहभागी छन्।



















मौसम पूर्वानुमान : कस्ताे रहला आज देशभरकाे माैसम ?
चैत ४ गते बुधबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
प्रतिक्रिया