अष्ट्रेलिया र सिङ्गापुर ऊर्जा आपूर्ति सहज बनाउन सहमत

अष्ट्रेलिया र सिङ्गापुरले तेल, डिजेललगायतका इन्धनको सहज आपूर्ति सुनिश्चितमा सहयोग गर्न सोमबार सहमती जनाएका छन् । यी देशहरुले पछिल्लो समय मध्यपूर्व युद्धको कारण विश्वव्यापी रुपमा उर्जा सङ्कटको सामना गरिरहेका छन् ।
संयुक्त राज्य अमेरिका, इजरायल र इरान बीचको युद्ध होर्मुज वरपर केन्द्रित भएको कारण विश्वव्यापी तेलको मूल्य बढेको छ, जहाँबाट विश्वको तेल र ग्याँसको लगभग २० प्रतिशत ढुवानी हुन्थ्यो ।
संयुक्त विज्ञप्ति जारी गर्दै अस्ट्रेलिया र सिङ्गापुरले सोमबार मध्य पूर्वको अवस्था र आफ्नो क्षेत्रका लागि यसको प्रभावका विषयमा गहिरो चिन्ता दर्शाएका छन् ।
ऊर्जा आपूतिलाई सहज र बलियो बनाउन मिलेर काम गर्न प्रतिबद्ध रहेको उनीहरूले बताएका छन् ।
उनीहरू ऊर्जा सुरक्षालाई सुदृढ पार्न, पेट्रोलियम पदार्थका साथै प्राकृतिक ग्यास लगायत आवश्यक वस्तुहरूको प्रवाहलाई समर्थन गर्न सहमत भएका छन् ।
हाल अस्ट्रेलियामा पेट्रोलको मूल्य बढेको छ भने अधिकारीहरूले उच्च मूल्यवृद्धिका कारण बासिन्दाहरूलाई अत्यावश्यक सामान मात्र किन्न आह्वान गरेका छन् ।















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया