मंगलबार, चैत १०, २०८२

चितवनमा ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

मेरोन्यूज २०८२ चैत ९ गते १८:१३

चितवन । चितवनको रत्ननगर नगरपालिका–९ निपनीमा आज ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ का अन्दाजी ३५ बर्षीया मीना रेग्मी रहेकी छन् ।

Advertisement
nepal life insurencenepal life insurence

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक रिजालका अनुसार खैरहनीबाट भरतपुरतर्फ आउँदै गरेको लु२ख २८९४ नम्बरको ट्यांकरले भित्री सडकबाट निस्किँदै गरेको ना५५प ०७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट स्कुटरको पछाडी सवार रेग्मीको मृत्यु भएको हो । सो ट्यांङ्रकले रोकि राखेको ना ६५प ७८८३, ना५५प ८०८३ नम्बरको मोटरसाइकल र एउटा साइकललाई समेत ठक्कर दिएको थियो ।

स्कुटर चालक भरतपुर महानगरपालिका–७ का पूर्ण सापकोटा सामान्य घाइते हुनुभएको प्रहरी निरीक्षक रिजालले जानकारी दिए। राप्ती नगरपालिका–७ का २४ वर्षीय सुजन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया