सोमबार, चैत ९, २०८२

एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन

मेरोन्यूज २०८२ चैत ९ गते २०:०२

काठमाडौँ, ९ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

एमालेले तल्ला कमिटीलाई निर्वाचनको समीक्षासहित प्रतिवेदन पठाउन निर्देशन दिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

उनले भने, “ती सुझावका आधारमा हामीले बैठकबाट पनि निर्वाचनको समीक्षा गर्नेछौँ ।” उनका अनुसार एमालेले निर्वाचनको समीक्षा गर्नका लागि चाँडै सचिवालय बैठक र केन्द्रीय कमिटी बैठक बोलाउनेसमेत तयारी गरेको छ ।

प्रतिक्रिया