एमाले नेपाल पक्षका ६ जनाले हस्ताक्षर गर्न बाँकी

काठमाडौँ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेपछि आज सर्वोच्च जाने तयारी गरिरहेको विपक्षी गठबन्धनको तर्फबाट एमाले नेता माधव कुमार नेपाल पक्षका २० जनाको हस्ताक्षर जुटेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा गरेको दाबी पेशमा नेपाल पक्षका २६ निवर्तमान सांसदले हस्ताक्षर गरेका थिए । सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्ति र प्रतिनिधि सभाको पुर्नस्थापना गर्न माग गर्न सर्वोच्च अदालतमा रिट हाल्ने तयारी गर्दा नेपाल पक्षका ६ जनाले हस्ताक्षर गर्ने बाँकी रहेको बताइएको छ ।
एमाले स्रोतका अनुसार ती ६ जनाले हस्ताक्षर नगरेपनि उनीहरुले पहिलेको हस्ताक्षर अनुसार प्रतिबद्धता जनाउन लगाउँदै छन् । ती ६ जनाले हस्ताक्षर नगरेपनि देउवाको पक्षमा बहुमत जुटिको जनाइएको छ । आज सर्वोच्च अदालत जानुअघि सिंहदरबारमा विपक्ष गठबन्धन हस्ताक्षर र नागरिकता संकलनको कार्यमा व्यस्त रहेको छ ।
















आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया