अब, अध्यादेशबाट बजेट आउछ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेट अध्यादेशबाट आउने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले अबको बजेट अध्यादेशबाट आउने बताएका हुन् ।
गत वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत नपाएका ओलीले संसदबाट नै बजेट ल्याउने बताएका थिए । तर, गत शुक्रबार पुनः प्रतिनिधिसभाको विघटन भएपछि ओलीले अध्यादेशबाट बजेट ल्याउने बताएका हुन् । आगामी आर्थिक वर्ष ७८/७९ को बजेट जेठ १५ गते अध्यादेशमार्फत आउने भएको छ ।
प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनमा अध्यादेशमार्फत आउने बजेट कोरोनाविरुद्ध केन्द्रीत हुने बताए । उनले भने, “विश्वभरि नै कुनै पनि महामारीको मौजुदले धान्न नसक्ने भएकाले यो कोरोनालाई पनि कुनै पनि देशमा सहजकता भएन । त्यसैले नेपालमा कोरोनाविरुद्ध लडाईंको लागि बजेट आउने छ ।”
उनले बजेटमा विकासका ठूला मुद्दालाई नअंगाल्ने बताए । प्रधानमन्त्री ओलीले आगामी बजेट कोरोनाविरुद्ध र निर्वाचन केन्द्रीत हुनेमा जोड दिए । यसअघि नै घोषणा गरिसकेको विकासका कामलाई निरन्तरता दिने प्रधानमन्त्रीले उल्लेख गरे । यसअघिको घटनाक्रम हेर्दा आर्थिक वर्ष ७०/७१ को बजेट अध्यादेशबाट आएको थियो ।
त्यस समय संविधान नबनेकाले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले संविधानसभा विघटन गरी तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा मन्त्रिपरिषद् गठन भएको थियो । चुनाव गराउन मन्त्रिपरिषद् नामाकरण गरिएकोमा पूर्व सचिव शंकर कोइराला अर्थमन्त्री थिए ।
गत वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत नपाएका ओलीले संसद्बाट नै बजेट ल्याउने बताएका थिए । तर, आज पत्रकार सम्मेलनमा ओलीले अध्यादेशबाट बेजेट ल्याउने बताएका छन् ।
यो पनि पढ्नुहोस्










आज २०८२ साल पुस २ गते बुधबारको राशिफल
बढ्यो अमेरिकी डलरको मूल्य, आजकाे भाउ कति ?
एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया