सुनचाँदीको मूल्यमा सामान्य गिरावट
मेरोन्यूज
२०८२ चैत १२ गते ११:२६

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको छ । सुन तोलामा रु दुई हजार ९०० ले घटेको छ भने चाँदी पनि रु १०० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८२० कायम भएको छ ।
हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८२० कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १७० र त्यति नै परिमाणको चाँदी ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सम्बन्धित
















नेपालको विकासको यात्रामा नयाँ सरकारसँग सहकार्य गर्ने चीनको प्रतिबद्धता
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
असल प्रतिपक्षीय भूमिका निर्वाह गर्नेछौँः सांसद थकाली
युवा सांसद भन्छन्– ‘नयाँ पुस्ताको परिवर्तनको आकांक्षा नै हाम्राे एजेण्डा’
प्रतिनिधिसभा सदस्यको शपथमा जे देखियो…
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
प्रतिक्रिया