मकवानपुरमा महिलाका नाममा उद्योग दर्ता बढ्यो

बागमती। पछिल्लो केही वर्षयता मकवानपुर जिल्लामा महिला उद्योगी व्यवसायीको सङ्ख्या बढेको पाइएको छ । सरकारले महिला सञ्चालक भएको कारोबारको उद्योग व्यवसायीको दर्तामा ५० प्रतिशतमात्र दस्तुत लाग्ने व्यवस्था गरेपछि मकवानपुरमा महिला उद्यमी बढेका हुन् ।
उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख रामप्रसाद भुसालका अनुसार आर्थिक वर्ष २०८÷८३ को आठ महिनामा मकवानपुरमा तीन सय चारवटा नयाँ उद्योग दर्ता भएकामा १६८ व्यवसाय महिलाका नाममा दर्ता भएका छन् ।
महिलाका नाममा दर्ता भएका व्यवसायमा अधिकांश जनरल स्टोर्स, सिलाइकटाइ टेलरिङ, ब्यूटीपार्लर छन् भने उद्योगतर्फ अधिकांश कृषि र माछा तथा पशुपालन व्यवसाय छन् ।
सरकारले महिलाका नाममा दर्ता हुने उद्योग व्यवसायलाई दस्तुतमा छुट दिनु, स्थानीय प्रशासनले पनि उद्योग व्यवसायी दर्ताका लागि कडाइ गर्नु र बैंक तथा वित्तीय संस्थाबाट उद्योग व्यवसायमा ऋण लगानी सहज हुनसक्नेलगायत कारण पनि घरेलु तथा साना उद्योग व्यवसाय दर्ता गराउने क्रम बढेको प्रमुख भुसालको कथन छ ।
उक्त अवधिमा उद्योगतर्फ ४० वटा उद्योगको नामसारी, १५ वटा ठाउँसारी, ९४८ वटा नवीकरण, ४३ वटाको प्रतिलिपि, ७३ वटाको लगत कट्टा तथा २८ वटाको उद्देश्य थप गरिएको उद्योग तथा वाणिज्य कार्यालयले जनाएको छ ।
यस्तै सो अवधिमा वाणिज्यतर्फ पाँचवटा नामसारी, सातवटा उद्योगको ठाउँसारी, २७ वटा उद्योगको पुँजीवृद्धि, एक हजार ५४ वटा उद्योगको नवीकरण, ९३ वटा उद्योगको लगत कट्टा तथा ३७ वटा उद्योगको उद्देश्य थप गरिएको प्रमुख भुसालको भनाइ छ ।
नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरण, लगत कट्टालगायत शीर्षकबाट यस अवधिमा रु एक करोड ३१ लाख ८४ हजार १५९ राजस्व सङ्कलन भएको प्रमुख भुसालले बताए ।
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया