सोमबार, चैत १६, २०८२

ओलीको रिहाइ माग गर्दै श्रीमती राधिकाद्वारा बन्दीप्रत्यक्षीकरणको रिट दायर

मेरोन्यूज २०८२ चैत १५ गते १५:५१

काठमाडाैं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

ओलीलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबीसहित उनकी पत्नी राधिका शाक्यले उक्त रिट निवेदन दर्ता गराएकी हुन्। आइतबार शाक्य आफैं सर्वोच्च पुगेर ओलीलाई थुनामुक्त गर्न अदालतसमक्ष माग गरेको हुन्।

उक्त रिटमा सुनुवाइका लागि सोमबार चैत १६ गतेका लागि पेसी तय भएको छ ।

ओली शनिबार पक्राउ परेका थिए ।

प्रतिक्रिया