इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका

इजरायलको बीरशेबा क्षेत्रमा भएको इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावट भएको आशंका गरिएको छ।
यस औद्योगिक क्षेत्रको वरपर बसोबास गर्ने बासिन्दाहरूलाई तत्काल सुरक्षाका लागि घरभित्रै रहन, झ्याल-ढोकाहरू कडा रूपमा बन्द गर्न र सम्बन्धित अधिकारीहरूले दिने निर्देशनहरू पालना गर्न भनिएको अलजजिराले जनाएकाे छ ।
यस घटनाको गम्भीरतालाई ध्यानमा राख्दै मध्य इजरायललाई बीरशेबा क्षेत्रसँग जोड्ने मुख्य राजमार्ग पूर्ण रूपमा बन्द गरिएको छ। अहिले उद्धार र सुरक्षा टोलीहरूको सम्पूर्ण ध्यान सम्भावित रासायनिक प्रदूषणलाई नियन्त्रण गर्न, थप चुहावट रोक्नका लागि प्रभावित क्षेत्रलाई चिस्यानगराउन र आक्रमणका कारण लागेको आगो निभाउनमा केन्द्रित रहेका छन् ।
यो औद्योगिक क्षेत्र इजरायलका लागि रणनीतिक रूपमा निकै महत्त्वपूर्ण र संवेदनशील मानिन्छ। यहाँ करिब १९ वटा विभिन्न कारखानाहरू सञ्चालनमा छन्, जसमा ब्रोमाइड उत्पादन गर्ने प्लान्ट र धेरै औषधिजन्य कारखानाहरू समावेश छन्।
सबैभन्दा चिन्ताको विषय यो हो कि यो क्षेत्र इजरायलको मुख्य खतरनाक फोहोर विसर्जन केन्द्र पनि हो। त्यसैले यहाँ भएको क्षतिले ठूलो संकट निम्त्याउन सक्ने जोखिम छ।
हालसम्म सैन्य सेन्सरका कारण कुन विशिष्ट प्लान्ट वा कारखानामा प्रहार भएको हो र त्यहाँ के उत्पादन हुन्थ्यो भन्ने स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन। तर, यो घटनाले इजरायलमा उच्च सतर्कता र त्रास फैलाएको छ।
मध्यरातदेखि इरानले दक्षिण इजरायलको नेगेभ क्षेत्रलाई लक्षित गरी लगातार क्षेप्यास्त्र प्रहार गरिरहेको छ, जहाँ महत्त्वपूर्ण औद्योगिक क्षेत्रका साथै प्रमुख सैन्य अड्डाहरू पनि रहेका छन् ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया