वीर अस्पताललाई नबिल बैंकले अक्सिजन प्लान्ट बनाइदिने

काठमाडौँ । देशमा बढेको कोरोना भाइरस (कोभिड १९)को संक्रमणलाई न्युनीकरण गर्न नबिल बैंकले नेसनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल)लाई अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने समझदारी गरेको छ । अस्पतालमा बिरामीले अक्सिजन नपाउने समस्या देखिएपछि बैंकले सरकारलाई सहयोग गर्ने भएको हो ।
बैंकले ५० क्युबिक लिटर प्रतिघन्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गर्ने जनाइएको छ । यसका लागि बैंकले थप प्रकिया अगाडि बढाइसकेको जनाएको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोभिड महामारीको सुरुवाती समयदेखि सरकारलाई सहयोग गर्दै आएको जनाएको छ । चालू आवमा कोभिड १९ को प्रतिकार्यका लागि बैंकले सरकारलाई ६ करोड रुपैयाँ सहयोग गरेको जनाइएको छ ।
बैंकले हालसम्मको काम र समझदारीअनुसार कोभिड १९ रोकथाम र नियन्त्रणमा करिब आठ करोड रुपैयाँ सहयोग गरेको जनाएको छ ।
















नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया