भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने

काठमाडौँ । नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक रसुवागढी नाका १५ दिन बन्द हुने भएको छ । यो नाका जोड्ने स्याफ्रुबेंसी–रसुवागढी सडक खण्ड स्तरोन्नति गर्नका लागि बुधबारदेखि १५ दिन बन्द हुने भएको हो ।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजना कार्यालयका अनुसार सडकका १० वटा अप्ठ्यारा ठाउँमा रिटेनिङ वाल लगाउन र सडकलाई दुई लेनमा विस्तार गर्न यातायात बन्द गर्न लागिएको हो ।
गत २४ असारमा आएको बाढीका कारण ठाउँ–ठाउँमा पहिरो खसेर क्षति पुगेको थियो । त्यस्ता ठाउँमा २.५ मिटरदेखि ३ मिटरसम्म मात्र ट्र्याक खोलेर जसोतसो सवारीसाधन सञ्चालनमा ल्याइएको थियो ।
भौगोलिक अवस्थाले गर्दा सडक बन्द गरेर काम गर्न लागिएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजना कार्यालय विदुरका योजना प्रमुख कृष्णनाथ ओझाले बताए ।
आयोजनाका अनुसार आगामी ३ महिनासम्म प्रत्येक अंग्रेजी महिनाको १ देखि १५ तारिखसम्म सडक बन्द गरिनेछ । जसअनुसार यो पटक बुधबारदेखि २ वैशाखसम्म सडक बन्द रहनेछ ।
चीन सरकारको साढे ६ अर्ब रुपैयाँ अनुदानमा चिनियाँ कम्पनीले यो १५.५ किलोमिटर सडकको स्तरोन्नति गर्ने जिम्मा पाएको छ ।
















एसइई परीक्षा: सङ्खुवासभामा उत्तरपुस्तिका परीक्षण सुरु
जेडटीईको गेमिंङ स्मार्टफोन रेड म्याजिक ११ प्रो नेपाली बजारमा, कति पर्छ मूल्य ?
रूसमा रेल दुर्घटना हुँदा २२ जना घाइते
10 injured in bus- microbus collision
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया