हरेक दिन बिहान ११ बजेदेखि काठमाडौं महानगरमा निःशुल्क पीसीआर सेवा

काठमाडौं । कोरोना संक्रमणको लक्षण देखिएका वा शंका लागेका व्यक्तिले (पीसीआर) परीक्षणका लागि काठमाडौं महानगरपालिकाले नयाँ तालिका सार्वजनिक गरेको छ ।
जसअनुसार अब हरेक दिन बिहान ११ देखि कम्तीमा दुईवटा केन्द्रबाट परीक्षण निःशुल्क हुनेछ । यसअघि, दैनिक एक केन्द्रबाट मात्र हुने गरेकोमा अब दुईदेखि तीन केन्द्रबाट परीक्षण हुने गरेको थियो ।
नयाँ तालिकाअनुसार सोमबार वडा–१६ को बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र(जुडो हल),वडा–२० को शान्ति निकुञ्ज विद्यालय र वडा–३२ कार्यालय परिसरमा परीक्षण हुनेछ ।
मंगलबार वडा–८ को जयवागेश्वरी, वडा–१४ को कलंकी र वडा–२६ को लैनचौर कार्यालय परिसरमा, बुधबार मीनभवनस्थित साबिक ट्रलीबस परिसरमा र वडा–१५ को भुइँखेलमा, बिहीबार वसन्तपुर र महाबौद्धमा तथा शुक्रबार वडा–३ कार्यालय परिसर महाराजगन्ज र वडा–६ कार्यालय परिसर बौद्धमा परीक्षण हुनेछ ।
परीक्षण गर्न जानुअघि सम्बन्धित वडाका क्लिनिक इन्चार्जसँग सम्पर्क गरेर आईएमयू (इन्फरमेसन म्यानेजमेन्ट युनिट) मा बिरामीको विवरण भर्नुपर्छ । प्रारम्भिक विवरण भरेपछि यी विवरण अनलाइन विधिमार्फत प्रणालीमा पठाइन्छ ।
‘‘अनलाइनमा तथ्यांक भरेपछि एउटा कोड आउँछ । यो कोडलाई पहेँलो फारममा टिपेपछि आईएमयू प्रक्रिया पूरा हुन्छ । जसले पीसीआर गराउने हो, उसको यो विवरण अनिवार्य हुन्छ ,” महानगरका पीसीआर कार्यक्रम संयोजक ऋषिप्रसाद भुसालले भने, ‘‘कुनै कारणले परीक्षण पूर्वविवरण भर्न सकिएन भने परीक्षण गरेपछि यी विवरण भर्नुपर्छ । ”









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
प्रतिक्रिया