डा. गोविन्द केसीका सहयोगी सुवेदीलाई दुर्गा प्रसाईंको धम्की

काठमाडौँ । झापास्थित बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीका सहयोगी प्रितम सुवेदीलाई धम्की दिएका छन् । सुवेदी केसीको चिकित्सा क्षेत्र सुधार अभियानका मिडिया संयोजक हुन् । प्रसाईंले सुवेदीलाई फोन गरेर भौतिक आक्रमण गर्ने धम्की दिएको सोलिडारिटी फर डा केसी अलायन्सका संयोजक डा.जीवन क्षेत्रीले जानकारी दिए । टेलिफोनमा प्रसाईंले सुवेदीका परिवारका सदस्यहरु (आमा, बुवा र बहिनी) लाई समेत जोडेर ‘डाँका’ भन्दै गालीगलौच गरेका क्षेत्रीले बताए।
गत हप्ता डा. केसीले काठमाडौं विश्वविद्यालयले चोरबाटोबाट बीएन्डसीलाई सम्बन्धन दिन लागेको भन्दै विज्ञप्ति जारी गरेका थिए । उक्त विज्ञप्ति सुवेदीले सञ्चारमाध्यमहरुलाई उपलब्ध गराएका थिए । सोलिडारिटीले सुवेदीको सुरक्षाको मागसमेत गरेको छ । भौतिक आक्रमण गर्ने धम्की आइरहेकाले त्यसको जिम्मेवारी प्रसाईंले लिनुपर्ने क्षेत्रीले बताए । प्रहरीमा उनीविरुद्ध जाहेरीसमेत दर्ता गराउने तयारी भइरहेको क्षेत्रीले बताए ।
















इरानको पछिल्लो प्रस्तावबाट खुशी छैनन् ट्रम्प
वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया