चन्द्रगढी महिला गोल्डकपको खेलतालिका सार्वजनिक

झापा । आगामी वैशाख ५ गतेदेखि हुने चन्द्रगढी महिला गोल्डकपको खेलतालिका सार्वजनिक गरिएको छ ।
आयोजक चन्द्रगढी युवा क्लबले आज खेलतालिका सार्वजनिक गरेको हो । यही २०८३ वैशाख ५ देखि १४ गतेसम्म हुने प्रतियोगिताको विजेताले नगद रु ११ लाख र ट्रफी प्राप्त गर्नेछ । यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक भएको आयोजकले जनाएको छ । उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद रु १० हजार पाउनेछ ।
खेलतालिकाअनुसार उद्घाटन खेलमा पोखराको आरएस पोखरा फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ । त्यस्तै वैशाख ६ गते भुटानको थिम्पु सिटी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने अध्यक्ष रोहित सुब्बाले बताए ।
वैशाख ७ गते नेपाल पुलिस क्लब र आयोजक चन्द्रगढी युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । वैशाख ८ गते एपिएफ फुटबल क्लबले ओखलढुङ्गाको पदमा स्पोर्टस् क्लबविरुद्ध खेल्नेछ । वैशाख ९ गते पुलिस र आयोजकबीचको विजेतासँग भारतको रानी लक्ष्मीबाई स्पोर्टस् एकेडेमीले सामना गर्नेछ । वैशाख १० गते एपिएफ र पदमाबीचको विजेताविरुद्ध सङ्कटा फुटबल क्लबले खेल्नेछ ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल वैशाख १२ गते र दोस्रो सेमिफाइनल खेल वैशाख १३ गते हुनेछ । फाइनल खेल वैशाख १४ गते हुने प्रतियोगिता हुने उहाँले जानकारी दिनुभयो । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद रु ५० हजार प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले नगद रु २५ हजार पाउनेछ ।
भद्रपुरको मेची रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रयोजक भद्रपुरकै ओम साई पाथिभरा हस्पिटल रहेको छ ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया