तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौँ। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव नगरी आफूले सदनमा तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सभामुखमा निर्वाचित भएपछि आज पहिलो बैठकको अध्यक्षता गर्दै सभामुख अर्यालले संसद्लाई निष्क्रियता नभई सक्रिय कार्यसम्पादनको थलो बनाउन तथा सदनलाई असल संवैधानिक अभ्यासबाट सुसञ्चालन गर्न सबैसँग सहयोगको अपेक्षा गरे । सभामुख अर्यालले जनताले पाँच वर्षका लागि आफूहरुलाई निर्वाचित गरेको केवल अधिकार मात्र नभई सुशासन र आर्थिक विकासका लागि जिम्मेवारीको अवसर भएको बताए ।
“जेनजी आन्दोलनको मर्मअनुसार देशमा सुशासन कायम र आर्थिक विकास होस् भनी जनताले हामीलाई विश्वाससहित जिम्मा लगाउनुभएको छ,” सभामुख अर्यालले भने “कुनै पनि बहानामा त्यो विश्वास गुम्न हामीले दिनु हुँदैन ।”
निर्वाचनका क्रममा गरिएका वाचा र प्रतिबद्धतालाई मतदाता र जनप्रतिनिधिको राजनीतिक सम्झौता भएकाले समयबद्ध योजना बनाएर विधि निर्माण गर्न काममा लाग्न सभामुख अर्यालले आह्वान गर्नुभयो । उनले आफूलाई निर्विरोध निर्वाचित गर्ने सबै दललाई धन्यवाद पनि दिए ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया