कलाकार बलेमाथि अनुसन्धान जारी, भ्रामक सूचना नफैलाउन आग्रह
मेरोन्यूज
२०८२ चैत २३ गते १७:१५

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले कलाकार सागर लम्साल ‘बले’ माथि अनुसन्धान जारी रहेको जनाएको छ ।
परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आज विज्ञप्ति जारी गर्दै अभद्र व्यवहार गर्न नहुने कसुरमा यही चैत २० गते पक्राउ परेका कलाकार बलेमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रहरीले विभिन्न सामाजिक सञ्जाल र व्यक्ति तथा समाचार एजेन्सीको नाममा सञ्चालित एकाउण्टबाट विभिन्न प्रकारका अभिव्यक्ति, धारणा र सूचना सम्प्रेषित भएकाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको विषयमा भ्रामक तथा अप्रमाणित सूचनाहरू सम्प्रेषण नगर्न/नगराउन काठमाडौँ प्रहरीले सबैलाई अनुरोध गरेको छ ।
सम्बन्धित
















काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
डा. हाक जा हान मुन २०२६ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन प्रारम्भ, सञ्चार विधेयक ‘टेबुल’
बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया