मंगलबार, चैत २४, २०८२

धनगढीस्थित फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल

मेरोन्यूज २०८२ चैत २४ गते १४:२२

महेन्द्रनगर शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदान निर्माणमा सरकारले सहयोग गर्ने बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

आज बिहान धनगढी आइपुगेका मन्त्री पोखरेलले फाप्ला क्रिकेट मैदानको निरीक्षणका क्रममा सङ्क्षिप्त प्रतिक्रिया दिँदै सुदूरपश्चिममा क्रिकेटको क्रेज रहेको धारणा राखे । “विगतका सरकारले पनि फाप्लालाई प्राथमिकतामा राखेको रहेछ”, मन्त्री पोखरेलले भने, “सरकारले निर्माणलाई महत्व दिएर अघि बढ्छ ।”

कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सभामा सहभागी हुन यहाँ आइपुगेका मन्त्री पोखरेलले आजै कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय र दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाह निरीक्षण गर्ने कार्यक्रम तय भएको मन्त्री पोखरेलका स्वकीय सचिव आरजु लोहनीले जानकारी दिए ।

प्रतिक्रिया