राष्ट्रियसभाका रिक्त चार समिति सभापति निर्विरोध चयन

काठमाडौं। राष्ट्रियसभाका रिक्त चार समिति सभापति निर्विरोध चयन भएका छन् । आज सम्बन्धित समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा भएका ती समितिका बैठकमा दलबीच सहमतिका आधारमा एक÷एक उम्मेदवारको प्रस्तावका आधारमा निर्विरोध निर्वाचित गरिएको हो ।
निर्विरोध निर्वाचित हुनेहरूमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा पूजा चौधरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा जयन्तीदेवी राई, विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समितिमा कृष्णबहादुर रोकाया रहनुभएको राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले जानकारी दिए ।
चौधरीको प्रस्तावकमा मदनकुमारी शाह (गरिमा), समर्थकमा युवराज शर्मा र रुक्मिणी कोइराला, राईको प्रस्तावकमा सोनाम गेल्जेन शेर्पा, समर्थकमा दुर्गाकुमारी गुरुङ रहेका छन् । यस्तै, पौडेलको प्रस्तावमा नारायणदत्त भट्ट, समर्थकमा जगत तिमिल्सना तथा रोकायाको प्रस्तावकमा आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा गीता देवकोटा रहेका छन् ।
सभापतिका लागि प्रस्तावकले सहमतिको राजनीति, विधिको शासन र लोकतान्त्रिक अभ्यासका लागि सहमतिका आधारमा उम्मेदवारी दिइएको बताएको थियो । गत फागुन २० गतेदेखि ती समितिका सभापतिको पद रिक्त रहेका थिए ।
















25 people held with drugs from different places
फ्रान्समा चार आप्रवासीको मृत्यु
ओली केही दिन अस्पतालमै रहने
नाडा प्रतिनिधिमण्डल र अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बरालबीच भेटवार्ता
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया