नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले कार्यकर्ताहरूलाई सैद्धान्तिक रूपमा प्रस्ट हुन र जनतालाई राजनीतिक रूपमा शिक्षित गराउन निर्देशन दिएका छन् ।
पार्टीको तेस्रो केन्द्रीय समिति बैठकको समापन गर्दै उनले केन्द्रीय सदस्यहरूलाई आम कार्यकर्तामाझ पुगेर कार्यकर्ताहरूलाई सैद्धान्तिक रूपमा प्रस्ट पार्नुपर्नेमा जोड दिएका हुन् । उनले पार्टीका जनवर्गीय तथा पेसागत सङ्गठनहरूलाई थप सक्रिय बनाउन, मजदुर आन्दोलनमा देखापरेका पुँजीवादी विचारको वैचारिक रूपमै खण्डन गर्न केन्द्रीय सदस्यहरूलाई निर्देशन दिए।
साम्राज्यवादको पतन र समाजवादको विजय निश्चित रहेको विषयमा नयाँ पुस्तालाई शिक्षित गर्दै जानुपर्नेमा जोड दिँदै बिजुक्छेँले पार्टी गतिविधि र जनताको समस्या बुझ्न नियमित अन्तरक्रिया गर्न आग्रह गरे।
बैठकले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद ज्ञापन गर्ने निर्णय गर्दै पार्टीले जिल्ला, पालिका र वडा समितिहरूमार्फत स्थानीयस्तरको टोलटोलमा पुगेर सभा गर्दै मतदातालाई धन्यवाद व्यक्त गर्ने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईंले जानकारी दिए।
बैठकमा पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले प्रस्तुत गरेको पार्टीको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनलाई आवश्यक सुझावसहित पारित गरेको गोसाईंले जानकारी दिए।















राष्ट्रियसभाका ४ समितिका सभापतिको शपथ
सुनचाँदीको मूल्य वृद्धि
संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
अब हर्मुज जलमार्गमा इरानले वैधानिक रुपमा शुल्क उठाउन पाउने
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया