बिहीबार, चैत २६, २०८२

कांग्रेसको चुनावी समीक्षाका लागि सभापति थापा आज मधेस जाँदै

मेरोन्यूज २०८२ चैत २५ गते १०:१४

नेपाली कांग्रेसको प्रदेशस्तरी निर्वाचन समीक्षात्मक कार्यक्रमका लागि सभापति गगन थापा जनकपुर जाँदै छन्।  

Advertisement
nepal life insurencenepal life insurence

गत फागुन २१ गते  सम्पन्न प्रतिनिधिसभा चुनावमा अपेक्षित नतिजा नआएको विषयमा समीक्षा गर्न कांग्रेसले मधेस प्रदेशको राजधानी जनकपुरमा सभापति थापाको सहभागितामा कार्यक्रम गर्न लागेको हो। 

फागुन २१ को निर्वाचनमा सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा.अमरेशकुमार सिंहसँग पराजित भएपछि थापा आज पहिलो पटक मधेस जान लागेका हुन्।

सबै प्रदेशमा हुने समीक्षा कार्यक्रममा क्षेत्रका उम्मेदवार, क्षेत्रीय सभापति, जिल्ला सभापति, प्रदेश सभापति, प्रदेशका केन्द्रीय सदस्य, समानुपातिक तर्फका उम्मेदवारहरू, प्रदेशका पदाधिकारीहरूसँग सभापति थापा सहभागी हुने जनाइएको छ ।

प्रतिक्रिया