बिहीबार, चैत २६, २०८२

एमालेका अध्यक्ष ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

मेरोन्यूज २०८२ चैत २६ गते १०:५४

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाजिर जमानतमा छाड्ने तयारी गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सर्वोच्चको आदेश अनुसार सरकारी वकिलको कार्यालयबाट जिम्मा जमानीमा छाड्ने भनेर कागज आइसकेकाले अब छाड्ने प्रक्रिया अघि बढाइएको हो ।

काठमाडौँ परिसरका प्रमुख एसएसपी रमेश थापाका अनुसार प्रहरीले अदालतको आदेश अनुसार प्रक्रिया अगाडि बढाएको जानकारी दिएका छन् ।

पूर्वप्रधानमन्त्री ओली चैत १४ गते शनिबार भक्तपुरको गुण्डुस्थित निवासबाटै पक्राउ परेका हुन् ।

न्यायाधीशद्वय विनोद शर्मा र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले तेस्रो पटक थपिएको पाँच दिनको म्याद सकिएपछि हिरासतमा राख्न नमिल्ने ठहर गर्दै उक्त आदेश दिएको हो।

प्रतिक्रिया