बिहीबार, चैत २६, २०८२

सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्‍याे, प्रमाण नपुगेपछि ‍रिहा भएँ : केपी ओली

मेरोन्यूज २०८२ चैत २६ गते १५:२९

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आफूलाई पूर्वाग्रह र प्रतिशोधपूर्णरूपमा फौजदारी अभियोग लगाई गैरकानुनी नियन्त्रणमा राखेकाे बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

सरकारले १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः आफू रिहा भएको ओलीले उल्लेख गरेका छन् ।

सर्वोच्च अदालतको परमादेश बमोजिम रिहा भएपछि सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले आफ्नो रिहाइका लागि आवाज उठाउने सबैमा धन्यवाद दिएका छन् ।

आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयका आधारमा प्रहरीले अध्यक्ष ओलीलाई भक्तपुरको गुण्डुबाट यही चैत १४ गते नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया