फ्रान्समा चार आप्रवासीको मृत्यु
मेरोन्यूज
२०८२ चैत २६ गते १५:२९

उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार जनाको मृत्यु भएको फ्रान्सेली अधिकारीहरुले पुष्टि गरेका छन् । नहर पार गर्न डुङगा चड्ने प्रयास गर्दै गर्दा दुई पुरुष र दुई महिलालाई इक्विहेन–प्लेज गाउँ नजिकैको छालले बगाएको क्षेत्रीय अधिकारी फ्रान्कोइस–जेभियर लाउचले बताएका छन् ।
मृतकहरुको पहिचान तथा राष्ट्रियता अझै थाहा हुन नसकेको बताइएको छ ।
गत हप्ता दुई जनाले यसै गरी तट पार गर्ने क्रममा मृत्यु वरण गरेको रिपोर्ट गरिएको छ ।
फ्रान्स लामो समयदेखि बेलायत पुग्न चाहने आप्रवासीहरूका लागि सहज मार्ग भएको छ ।
फ्रान्सेली र बेलायती स्रोतहरूलाई उदृत गर्दै एएफपीले गत वर्ष कम्तीमा २९ जनाको मृत्यु भएको जनाएको छ ।
फ्रान्सेली तथ्याङ्क अनुसार ७९५ वटा डुङ्गामा सवार करिब ५० हजार मानिसहरूले गत वर्ष उक्त तट पार गर्ने प्रयास गरेका थिए ।
सम्बन्धित
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया