उपसभामुख ठाकुरले लिइन् शपथ

प्रतिनिधिसभाकी नवनिर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरले आज आफ्नो पद तथा गोपनीयताको शपथ लिएकी छन्।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित समारोहमा उपसभामुख ठाकुरले पद तथा गोपनीयताको शपथ लिएकी हुन्।राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुख ठाकुरलाई शपथ गराएका हुन्।
समारोहमा उपराष्ट्रपति रामहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, सांसद, संवैधानिक निकायका प्रमुख, उच्च सरकारी अधिकारी तथा अन्य लब्धप्रतिष्ठित व्यक्तिहरूको उपपस्थिति थियो।
शुक्रबार भएको मतदान प्रक्रियामा रुबी कुमारीलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा प्रतिनिधि सभाका २२९ सदस्यले मतदान गरे। उनको विपक्षमा ५ जनाले मतदान गरे भने २२ जना तटस्थ बसे ।
ठाकुरले सत्तारुढ दल रास्वपाको समर्थनमा बिहीबार संघीय संसद सचिवालयमा उम्मेदवारी दर्ता गराएकी थिइन् ।


















सभामुख अर्यालद्वारा तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न निर्देशन
कांग्रेसले बोलायो अनुशासन समिति बैठक
शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च
बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल (तस्वीरहरु)
वार्षिक कार्ययोजनाबारे समीक्षा
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया