उपराष्ट्रपति जेडी भान्स फर्किए अमेरिका

इरानसँगको वार्ताका लागि पाकिस्तानकाको इस्लामावाद आएका अमेरिकी उपराष्ट्रपति जेडी भान्स अमेरिकाका लागि विमान चढेका छन् ।
इस्लामावादमा इरानी र अमेरिकी प्रतिनिधिमण्डलबीच शनिबार रातभर चलेको वार्ता कुनै सम्झौता बिना नै टुंगिएको थियो।
उनले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै इरानी पक्षसँग “गम्भीर र महत्वपूर्ण छलफल” भएको बताएका छन्। तर उनले थपे, “नकारात्मक कुरा के हो भने हामी कुनै सम्झौतामा पुग्न सकेनौँ। यो अवस्था अमेरिका भन्दा इरानका लागि बढी नराम्रो हो।”
वार्ताको नेतृत्व अमेरिकी उपराष्ट्रपति जेडी भान्सले गरिरहेका थिए । उपराष्ट्रपति भान्ससँगै राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कफ र ज्यारेड कुश्नर सहभागी थिए।
इरानी टोलीको नेतृत्व इरानी विदेशमन्त्री अब्बास अराक्ची र संसदका सभामुख मोहम्मद बागेर गालिबाफले गरेका थिए ।
हर्मुजको जलडमरूको आवागमन , आणविक मुद्दालगायतका जटील विषयमा दुई देशका आ-आफ्ना कडा अडान रहेका छन् । जसले वार्ता निकै जटील रहेको देखाउँछ ।

















जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड
NA Chair Dahal calls on President Paudel
डोङफेङ मोटरद्वारा पहिलो इएमबी सामूहिक उत्पादन परियोजनाको जाडो परीक्षण सम्पन्न
रेकर्ड यात्रा सकेर आर्टेमिस टोलीको घर फिर्ती
यामाहा नेपालको दुईपांग्रे सवारीको मेला ‘ब्लु फेस्ट’ आजदेखि
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया