सोमबार, चैत ३०, २०८२

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण, जीविकोपार्जन सुधारमा जोड

मेरोन्यूज २०८२ चैत २९ गते ११:१५

डुम्रे (तनहुँ) तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम बनाउन तालिमसँगै कृषि सामग्री पनि वितरण गरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

विद्युत् आयोजनाले ऋषिङ–८ पल्ट्याङका मस्टो लाफा भेजा ९महिला समूह०का सदस्यलाई लक्षित गरी मगर समुदायका २० जनालाई बेमौसमी तरकारीखेती तथा वित्तीय साक्षरता तालिम प्रदान दिएको हो ।

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्रशिक्षाण्मा सहभागी किसानलाई हाते ट्याक्टर, बीउबिजन, हजारी तथा ‘टनेल’ खेतीका लागि आवश्यक उपकरण प्रदान गरिएको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई यसअघि पनि ‘प्लम्बिङ, इलेक्ट्रिसियन, सिलाइ–बुनाइ, बाख्रापालन, तरकारीखेती तथा वित्तीय साक्षर तालिम दिइएको थियो । हालसम्म यस्तो तालिम ३३९ पुरुष र २७९ जना महिलाले लिइसकेका छन् । प्रशिक्षणको मुख्य उद्देश्य जीविकोपार्जन सुधारमा जोड दिनु हो ।

प्रतिक्रिया