इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
मेरोन्यूज
२०८२ चैत ३० गते ७:४०

अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा फर्कने वा नफर्कने विषयमा आफुलाई कुनै मतलव नभएको बताएका छन् ।
मेरिल्याण्डमा सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानसम्बन्धी पछिल्ला अवस्थाबारे धारणा सार्वजनिक गरेका छन्।
इरानसँग भएको युद्धविराम अप्रिल २२ सम्म लागू रहने भनिएको र अहिलेसम्म राम्रोसँग कायम रहेको उनले बताए।
अमेरिकी सेनाले घोषणा गरेअनुसार इरानी बन्दरगाहहरूमा सोमबार बिहान १० बजेदेखि नाकाबन्दी सुरु हुने उनले बताए ।
ट्रम्पले इरान धेरै कमजोर अवस्थामा, हतास र सेना “ध्वस्त भइसकेको अवसथामा रहेको दावी दोहराए।
अमेरिकाले इरानमा धेरै पुलहरू नष्ट नगरेर अझै नरम व्यवहार गरेको उनले दाबी गरे।
यसअघि इरानबाट उद्धार गरिएका दुई अमेरिकी वायुसेनाका सदस्यहरू अहिले राम्रो अवस्थामा रहेको ट्रम्पलेबताए।
सम्बन्धित


















एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया