नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्
मेरोन्यूज
२०८३ वैशाख १ गते १०:१९

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन्। नयाँ वर्षको पहिलो दिन सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले सबैको कल्याण र सुस्वास्थ्यको कामना गरेका हुन् ।
प्रधानमन्त्री शाहले संस्कृतको प्रसिद्ध श्लोक ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः’ उल्लेख गर्दै संसारका समस्त प्राणीको हित र सुखको प्रार्थना गरेका छन् । उनले आफ्नो सन्देशमा भनेका छन्, ‘हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्। सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्।’
‘सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्,’ प्रधानमन्त्री बालेनले भनेका छन्, ‘नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।’
सम्बन्धित


















नयाँ वर्षमा मस्त झुम्यो पोखरा
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
पचपन्न हाते लामो लिङ्गो ढाल्ने जात्रा सम्पन्न
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
टर्कीमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १६ घाइते
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
प्रतिक्रिया