मंगलबार, वैशाख १, २०८३

मोटरसाइक्लिङ स्पोर्टस तथा साहसिक खेलकुदमा युथ लिडरसिप प्रोग्राम सम्पन्न

मेरोन्यूज २०८३ वैशाख १ गते १३:०१

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएशनद्वारा युवा नेतृत्व विकासका लागी आयोजित ‘युथ लिडरसिप प्रोग्राम २०२६’ को पहिलो कार्यक्रम सम्पन्न भएको छ । इन्जिनियरिङ, अटोमोबाइल, एकेडेमिया, साहसिक पर्यटन तथा मोटरसाइकलिङ स्पोर्टस क्षेत्रमा संलग्न ६८ जना युवाहरूको सहभागिता रहेको उक्त कार्यक्रम नेपाली मोटर स्पोर्टस तथा सुरक्षित मोविलिटीको क्षेत्रमा भावी नेतृत्व विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरित्र मेहताले मोटर स्पोर्टस नेपाली युवाहरूको खास खेलका रूपमा विकसित हुँदै गइरहेको उल्लेख गरे । यस्ता नेतृत्व विकास कार्यक्रमहरूले युवालाई सक्षम बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो ।

अन्र्तराष्ट्रिय मोटरसाइकल फेडेरेसन (एफआइए) सँगको सहकार्यमा आयोजना गरिएको यस कार्यक्रमअन्तर्गत डिसेम्बरसम्म सञ्चालन हुने १२ वटा सत्रहरू (फिजिकल, भर्चुअल र प्राक्टिकल) मार्फत सहभागीहरूलाई विभिन्न पाँच प्रमुख विषयमा तालिम प्रदान गरिनेछ, जसमा मोटर स्पोर्टस व्यवस्थापन, रोड सेफ्टी, मिडिया तथा कम्युनिकेशन, खेल नवप्रवर्तन तथा एफआइए लिगेसी, टु–ह्विल तथा एड्भेञ्चर टुरिजम समावेश गरिएका छन् ।

कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ वक्ताहरूले आफ्ना प्रस्तुति दिएका थिए । स्याकर ट्रेडिङ कम्पनीका अध्यक्ष तथा नाइमा नेपालका बोर्ड मेम्बर सौरभ ज्योतिले मोटर स्पोट्र्स, रोड सेफ्टी र कर्पोरेट क्षेत्रबीचको सम्बन्धबारे प्रकाश पारे । खेल विज्ञ सुलोचना सिजाख्वाले दीर्घकालीन राइडररखेलाडी विकास चक्रबारे प्रस्तुति दिइन ।

त्यसैगरी साउथ एशिया एन्टिडोपिङ एजेन्सिका डा. ज्ञानेन्द्र शाहले मोटरसाइकल सुरक्षा तथा एन्टिडोपिङ, कर्पोरेट ट्रेनर सुरेश आचार्यले लिडरशिप, क्रियटीभिटिर टिमवोर्क तथा कान्तिपुर भ्याली कलेजका प्रिन्सिपल डा. अभिषेक श्रेष्ठले भविष्यका कार्यक्रम र मेन्टोरशिपको महत्वबारे प्रस्तुति दिए ।

कार्यक्रमका क्रममा अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन (फआइएम),अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसन (एफआइए), अन्तर्राष्ट्रिय पावर बोटिङ्गयुनियन (युआइएम) र ग्लोबल एलायन्स अफ एनजिओ फर रोड सेफ्टीलगायत अन्तर्राष्ट्रिय संस्थाका महत्वपूर्ण दस्तावेजहरू समेत सहभागीहरू बिचमा सेयर गरिएको थियो ।

नासा नेपालका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कार्यकारी निर्देशक गोविन्द भट्टराईले सहजीकरण गरेका थिए । साथै सल्लाहकार ठाकुर न्यौपाने, बरिष्ठ उपाध्यक्ष डा. बुलन्द थापा र उपाध्यक्ष सिताराम न्यौपाने लगायतका पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो ।

कार्यक्रमको निष्कर्ष प्रस्तुत गर्दै मोटरसाइकल कमिसनका प्रमुख तथा उपाध्यक्ष अनिलकुमार बरालले नेपाली मोटर स्पोर्टस अब प्रौढबाट युवातर्फ, केन्द्रबाट स्थानीयतर्फ, एमेच्योरबाट टुरिजमतर्फ र पावरबाट प्रविधितर्फ अघि बढ्ने विश्वास व्यक्त गरे । यस किसिमको युवा नेतृत्व विकास अभियानले नेपाली मोटर स्पोर्टसमा एक नयाँ आयाम थपिने विश्वास नासा नेपालले लिएको छ ।

प्रतिक्रिया