‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
मेरोन्यूज
२०८३ वैशाख १ गते २०:३२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले असन क्षेत्रको मौलिकतालाई जोगाउन यही वैशाख ५ गतेदेखि हरेक शनिबार सवारीसाधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउने भएको छ ।
यसअघि स्थानीय सङ्घसंस्था, क्लब तथा समुदायको चैत २८ गतेदेखि कार्यक्रम सञ्चालन गर्ने तयारी थियो । यस क्रममा कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, वडाध्यक्ष योगेश खड्गी, प्रशासन विभागका प्रमुख महेश काफ्लेसहित सरोकार भएका निकायका अधिकारी, स्थानीय सङ्घसंस्था तथा क्लब र समुदायका प्रतिनिधिसहितको बैठकले कार्यक्रम तयारीमा कमजोरी हुन नदिन एक साता पछाडि सारेर वैशाख ५ गतेदेखि कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
“असन सुनदेखि नुनसम्म र जन्मदेखि मृत्युसम्मका धार्मिक तथा सामाजिक कामका लागि आवश्यक पर्ने स्थान हो । यसको प्राचीन र सांस्कृतिक महत्त्व जोगाउनु हाम्रो दायित्व हो”, बैठकमा कार्यवाहक प्रमुख डङ्गोलले भनिन्, “वडा कार्यालयको नेतृत्व, सरोकार भएका तथा साझेदारको सहभागिता र स्थानीय अपनत्वमा कार्यक्रम प्रारम्भ गरौँ । थालिएको कामलाई दिगो बनाऔँ ।” आवागमन, स्थानीयबासीको सहजता तथा सुरक्षालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिनुपर्नेमा उनले जोड दिइन् ।
‘भेहिकल फ्री असन’ कार्यक्रमअन्तर्गत कामपा–२७ को कमलाक्षी चोकबाट असनसम्म, भोटाहिटी चोकबाट असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा हरेक शनिबार सवारीसाधन प्रवेशमा रोक लगाइनेछ । यस क्षेत्रबाट गन्तव्य जाने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रदान गरिनेछ ।
यस क्षेत्रलाई सम्पदा मार्गका रूपमा विकास गरेर स्थानीय परम्परागत तथा रैथाने व्यापार व्यवसायलाई प्रवर्द्धन गरिने कामपाले जनाएको छ । यसको सञ्चालन व्यवस्थापनका जिम्मेवारी महानगर प्रहरी बललाई प्रदान गरिने कामपाको तयारी छ ।
“स्थानीय, सङ्घसंस्था, क्लब तथा समुदायको साथमा वडाले कार्यक्रम अगाडि बढाएको हो”, वडाध्यक्ष खड्गीले भने, “कार्यक्रमले असन बजारको मौलिकतासँगै वायु प्रदूषण नियन्त्रण र सहरी वातावरण सुधारमा योगदान गर्नेछ ।”
सम्बन्धित


















नयाँ वर्षमा मस्त झुम्यो पोखरा
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
पचपन्न हाते लामो लिङ्गो ढाल्ने जात्रा सम्पन्न
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
टर्कीमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १६ घाइते
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
प्रतिक्रिया