गायक तथा निर्देशक शेर्पाले राखे दोस्रो विश्व कीर्तिमान
मेरोन्यूज
२०७८ जेठ १० गते १८:०७

काठमाडौँ । गायक, निर्देशक तथा सञ्चारकर्मी फुर्वा शेर्पाले दोस्रोपटक विश्व रेकर्ड राख्न सफल भएका छन् । हाल एपिवान टेलिभिजनमा कार्यरत शेर्पाले सन् २००४ मा पहिलोपटक गिनिज बुक अफ वल्र्ड रेकर्डसमा नाम लेखाएका थिए ।
‘गीत एक अक्षरको’ नामक एल्बममा देवनागरी लिपीको एक अक्षर ‘म’ मात्रै प्रयोग गरी गीत गाएर शेर्पाले गिनिज बुक अफ वल्र्ड रेकर्डसमा नाम लेखाउन सफल भएका थिए । हालै त्यही गीतलाई यूकेको अर्को संस्था वल्र्ड बुक अफ रेकर्डले समेत रेकर्डको रुपमा स्वीकार ग¥यो ।
हालै सगरमाथाको बेसक्याम्पमा वल्र्ड बुक अफ रेकर्डले शेर्पालाई आधिकारिक प्रमाणपत्र प्रदान ग¥यो । योसँगै विश्वकै सर्वोच्च स्थानमा प्रमाणपत्र पाउने व्यक्तिका रुपमा शेर्पाले दोस्रो विश्व रेकर्ड राखेका छन् ।
सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
प्रतिक्रिया