रुसले चीनको ऊर्जा अभाव पूर्ति गर्ने सङ्केत

मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण विश्व ऊर्जा आपूर्तिमा देखिएको अनिश्चितताबीच रुसले चीनको सम्भावित ऊर्जा अभाव पूर्ति गर्न सक्ने स्पष्ट सङ्केत दिएको छ । विशेषगरी होर्मुज जलडमरूमध्यबाट हुने ढुवानीमा अवरोध आएपछि उत्पन्न परिस्थितिमा मस्कोले आफूलाई वैकल्पिक आपूर्तिकर्ताका रूपमा प्रस्तुत गरेको हो ।
रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो देश चीनसहित सहकार्य गर्न इच्छुक अन्य राष्ट्रहरूको ऊर्जा आवश्यकतामा देखिन सक्ने कमी पूर्ति गर्न सक्षम रहेको बताउनुभयो । होर्मुज क्षेत्रको अवरोधका कारण ऊर्जा आपूर्ति प्रभावित हुने सम्भावनाबारे सोधिएको प्रश्नमा उहाँले रुससँग पर्याप्त स्रोत रहेको उल्लेख गरे ।
यसै सन्दर्भमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चालु वर्षको पहिलो अर्धवार्षिकभित्र चीनको भ्रमण गर्ने तयारी रहेको जानकारी दिए । मस्कोस्थित राज्य समाचार एजेन्सी तासका अनुसार उक्त भ्रमणले दुई देशबीचको रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमी प्रतिबन्धका कारण मस्को र बेइजिङबीचको आर्थिक तथा राजनीतिक सहकार्य उल्लेखनीय रूपमा गहिरिएको छ । पछिल्ला वर्षहरूमा ऊर्जा, व्यापार र कूटनीतिमा दुवै देशबीचको समन्वय तीव्र बन्दै गएको देखिन्छ ।
चीनको दुईदिने भ्रमणका क्रममा लाभरोभले राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुभएको थियो । उक्त भेटपछि उहाँले रुस–चीन सम्बन्धलाई ‘कुनै पनि चुनौतीको सामना गर्न सक्षम र स्थिर’ भएको उल्लेख गर्नुभयो । साथै, यी सम्बन्धहरूले अन्तर्राष्ट्रिय मामिलामा स्थायित्व ल्याउने भूमिका खेलिरहेको र विश्वव्यापी रूपमा यसको महत्त्व बढ्दै गएको पनि उनको भनाइ थियो ।
उनका अनुसार विश्वका धेरै देशहरू अस्थिरता वा द्वन्द्वभन्दा शान्ति र सहकार्य चाहन्छन् र यस्तो सन्दर्भमा रुस–चीन सहकार्यले सन्तुलन कायम गर्न मद्दत पुर्याइरहेको छ ।
लाभरोभको यो भ्रमण त्यस्तो समयमा भएको हो जतिबेला चिनियाँ राष्ट्रपति सी जिनपिङले एकै साता विभिन्न देशका उच्चस्तरीय नेताहरूसँग भेटघाट गरिरहनुभएको छ । तीमध्ये भियतनामका नेता टो लाम र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज पनि रहेका छन् ।
















कूटनीतिक राहदानी दुरुपयोग रोक्न कडाइ गर्ने दलहरूको सहमति
यस पटकको निर्वाचनप्रति कसैको ‘सिकायत’ रहेन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
होर्मुजमा गोलीकाण्डपछि वार्ता सङ्कटमा
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
अमेरिकाले जफत गरेको जहाज रिहाइका लागि दबाब दिन राष्ट्रसङ्घलाई इरानको आग्रह
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
प्रतिक्रिया