शुक्रबार, वैशाख ४, २०८३

आज वैशाख ३ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल

मेरोन्यूज २०८३ वैशाख ३ गते ६:११

काठमाडौँ – आज २०८३ साल वैशाख ३ गते बिहीबार । वैशाख कृष्ण पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२६ अप्रिल १६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। 

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

मेष : आत्मविश्वासमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा नयाँ योजना बनाउने अवसर प्राप्त हुनेछ। आफूले प्रारम्भ गरेको कार्यमा ध्यान केन्द्रित गर्दा राम्रो नतिजा प्राप्त हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

वृष :आर्थिक पक्षमा लाभका संकेत देखिनेछन्। व्यापार व्यवसायमा नयाँ रूपले शुरूआत गर्न सकिनेछ जस्ले भविष्यमा राम्रो उपलब्धि दिलाउनेछ। अनुसन्धान तथा सीप विकासका काममा रुचि बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

मिथुन : यात्राको कार्यक्रम देखिए पनि योजनाबद्ध तरिकाले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। मानसिक रूपमा केही समय चिन्तन मनन गर्न मन लाग्ला जस्ले व्यापार व्यवसायमा नयाँ काममा नयाँ दृष्टिकोण दिनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट : कार्यक्षेत्रमा अनुशासन, धैर्य र संयमता अपनाउनुहोस् लाभदायक रहनेछ। काममा ढिला वा अवरोध देखिए पनि निरन्तर प्रयासले समाधान निकाल्न सकिनेछ। व्यापार व्यवसायमा नयाँ अवसरको खोजी गर्न सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

सिंह :शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। सहकर्मी वा मित्रहरूसँग सहकार्य गर्दा राम्रो उपलब्धि मिल्ने संकेत छ। पुरानो योजना पुनः प्रारम्भ गर्ने समय रहेको छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कन्या :नयाँ काम सुरु गर्ने र नयाँ सोच प्रस्तुत गर्नको लागि समय अनुकूल रहेको छ। आर्थिक पक्षमा सन्तुलन कायम राख्नुहोस्। व्यापारमा फाइदा हुने संकेत देखिन्छ। कार्यक्षेत्रमा आफ्नो क्षमताको प्रदर्शन गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

तुला :अध्ययन वा लेखन जस्ता काममा सफलता मिल्नेछ। सामाजिक गतिविधिमा संलग्न हुन सकिनेछ। यात्राको योग बन्न सक्छ। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक : कार्यक्षेत्रमा आफूले लिएको निर्णयले सफलता दिलाउनेछ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ जस्ले आत्मविश्वास बढाउने छ। आर्थिक विषयमा सावधानी अपनाउनुहोस्। अध्ययन अध्यापनमा मन लाग्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

धनु : व्यापार विस्तारलाई लिएर नयाँ योजनाहरू बन्नेछन्। अध्ययन र तालिम सम्बन्धी काममा प्रगति हुने संकेत छ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

मकर :ऊर्जा र उत्साहमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा राम्रो प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ आर्थिक क्षेत्रमा नयाँ सम्भावना देखा पर्न सक्छ। योजना बनाएर काम गर्दा सफलता मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

कुम्भ : ऊर्जा र उत्साहमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा राम्रो प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ आर्थिक क्षेत्रमा नयाँ सम्भावना देखा पर्न सक्छ। योजना बनाएर काम गर्दा सफलता मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

मीन :साझेदारी व्यापारमा लाभ रहनेछ। काममा आएको चुनौतीहरूलाई धैर्यतापूर्वक समाधान गर्न सकिनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। रोकिएका काम पुनः प्रारम्भ हुनेछन्। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

प्रतिक्रिया