रास्वपाले टुंग्यायो संसदीय समिति सभापति उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलले संसदीय समितिका सभापति उम्मेदवार टुंगो लगाएको छ ।
बिहीबार संसदीय दल कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिहरूका सभापतिको उम्मेदवार टुंगो लगाएको हो ।
कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा समीक्षा बाँस्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समितिको सभापतिमा आशिष गजुरेल र महिला तथा सामाजिक मामिला समितिको सभापतिमा आकृति अवस्थीलाई उम्मेदवार बनाउने रास्वपाले निर्णय गरेको छ।
यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा डा. ओजस्वी शेरचन, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा सुम्निमा उदास, अर्थ समितिको सभापतिमा कृष्णहरी बुढाथोकी र उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा रहवर अन्सारीलाई उम्मेदवार बनाउने भएको छ।

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया