शुक्रबार, वैशाख ४, २०८३

नयाँ वर्षको अवसरमा इनड्राइभको ‘राइड मोर, विन मोर’ क्याम्पेन

मेरोन्यूज २०८३ वैशाख ३ गते १८:५७

काठमाडाैं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर!’ क्याम्पेन ल्याएको छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

यस क्याम्पेनमार्फत प्रयोगकर्ताले इनड्राइभ एपमार्फत राइड बुक गर्दा आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्।

नयाँ वर्षको समयमा परिवार र साथीभाइसँग भेटघाट गर्न धेरै मानिसहरू यात्रा गर्ने भएकाले, इनड्राइभले हरेक यात्रालाई अझ रमाइलो र लाभदायक बनाउने उद्देश्यले यो क्याम्पेन ल्याएको हो। यो क्याम्पेन २०२६ अप्रिल १४ देखि मे ४ सम्म सञ्चालन हुनेछ ।

क्याम्पेनका मुख्य विशेषताहरूमा १ राइडमा १ लक्की ड्र टिकट रहेको छ। मेगा गिभअवेमा सहभागी हुन राइड सकिएपछि प्रयोगकर्ताले खल्ती एपमार्फत प्रयोगकर्ता खल्तीबाट ड्राइभर खल्तीमा कम्तीमा २ वटा कारोबार गर्नुपर्नेछ ।

यसमा आकर्षक पुरस्कारहरू समेत छन्। जसअनुसार १० वटा अनर एक्स ७ डि स्मार्टफोन (मेगा गिभअवे) तथा प्रोमो कोड पुरस्कारमा १,००० जनालाई १५ प्रतिशत क्यासब्याक (अधिकतम रु ५०), १,००० जनालाई रु २०० क्यासब्याकसहित एयरलाइन प्रोमो कोड र १०० जनालाई खल्ती प्रोमा अपग्रेडको व्यवस्था छ।

इनड्राइभ नेपालकी कन्ट्री रेप्रेजेन्टेटिभ रीता पोखरेलले प्रयोगकर्तालाई आफ्नो चालक छान्ने स्वतन्त्रता र उचित भाडा तय गर्ने अवसर दिने बताइन्। ‘यस क्याम्पेनमार्फत हामीले आफ्ना प्रयोगकर्ताप्रति धन्यवाद व्यक्त गर्न चाहेका छौँ र अझ धेरै मानिसलाई हाम्रो सेवाको अनुभव गराउन चाहन्छौँ। जति धेरै राइड गर्नुहुन्छ, उति धेरै जित्ने अवसर पाउनुहुन्छ’, उनले भनिन्।

खल्तीका चिफ ग्रोथ अफिसर सञ्जीव चन्द्र न्यौपानेले इनड्राइभसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउँदै डिजिटल भुक्तानीलाई दैनिक यात्रासँग जोडेर यात्रालाई अझ सहज र सुरक्षित बनाउने बताए। यसले विशेषगरी चाडपर्वको समयमा प्रयोगकर्तालाई थप सुविधा दिने उनको भनाइ छ।

यो क्याम्पेन नेपालभरिका सबै प्रयोगकर्ताका लागि खुला रहेको छ । सहभागी हुन क्याम्पेन अवधिभर इनड्राइभ एपमार्फत राइड बुक गरे पुग्छ । लक्की–ड्र हरेक हप्ता हुनेछ र विजेताहरू इनड्राइभका आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेजमार्फत सार्वजनिक गरिने इनड्राइभले जनाएको छ।

प्रतिक्रिया