लक्ष्मी सनराइज क्यापिटलको नयाँ म्युचुअल फन्डलाई धितोपत्र बोर्डको स्वीकृति
मेरोन्यूज
२०८३ वैशाख ३ गते १८:५९

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले लक्ष्मी सनराइज बैंक कोष प्रवर्धक र लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको नयाँ म्युचुअल फन्डलाई सार्वजनिक निष्कासनका लागि अनुमति प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डले २०८३ वैशाख २ गते ‘एलएस होराइजन १२’बन्दमुखी योजनालाई स्वीकृति दिएको हो ।
१२ वर्ष अवधि रहेको उक्त योजनाअन्तर्गत १२ करोड इकाई निष्कासन गरिनेछ, जसको प्रतिइकाई मूल्य १० रुपैयाँ रहेको छ । बन्दमुखी योजना भएकाले यो निश्चित अवधिसम्म सञ्चालनमा रहनेछ । साथै कम्पनीले यस अधि सफलतापूर्वक उच्च प्रतिफल दिने सफल योजनाहरु सञ्चालन गरिसकेको छ ।
धितोपत्र बोर्डको यस निर्णयसँगै नेपाली पूँजीबजारमा सामूहिक लगानी कोषको दायरा अझ फराकिलो हुने कम्पनीले अपेक्षा गरिएको छ, जसले साना तथा ठूला लगानीकर्तालाई व्यवस्थित रूपमा लगानी गर्ने अवसर प्रदान गर्नेछ ।
सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
प्रतिक्रिया