नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
मेरोन्यूज
२०८३ वैशाख ४ गते २०:०६

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन् । शुक्रबार सञ्चालक समिति बैठकमा श्रेष्ठले राजीनामा घोषणा गरेका हुन् ।
धितोपत्र ऐन अनुसार बोर्ड अध्यक्षले राजीनामा सरकार समक्ष बुझाउनुपर्छ । सोही अनुसार श्रेष्ठले शनिबार अर्थमन्त्री समक्ष राजीनामा दिने जानकारी गराएको धितोपत्र बोर्डका एक सञ्चालकले बताए ।शुक्रबारको बोर्ड बैठक सकिएपछि श्रेष्ठले सञ्चालकरूलाई जानकारी दिँदै सरकारलाई सहयोग गर्न आफूले राजीनामा दिन लागेको बताएको ती सञ्चालकको भनाइ छ ।
श्रेष्ठले बिचौलियाहरुको निकट काम गर्दै आइरहेको कुरा पटक पटक बाहिरिदै आएको थियो । सरकारले बर्खास्त गर्ने संकेत पाएसँगै उनले अध्यक्षबाट राजीनामा दिएका हुन् ।
श्रेष्ठलाई सरकारले १० मंसिर २०८१ मा धितोपत्र बोर्ड कार्यकारी अध्यक्ष नियुक्त गरेको थियो ।
सम्बन्धित


















पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
यस्तो छ आज तरकारीको थोक मूल्य
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया