सुरु भयाे रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा सोमबार दिउँसो सवा ४ बजेदेखि बैठक सुरु भएको हो ।
प्रवक्ता मनिष झाका अनुसार, बैठकमा संगठनात्मक, नीतिगत तथा विधानसम्बन्धी महत्वपूर्ण विषयहरूमा छलफल हुने छ । बैठकको सुरुवात पार्टी गतिविधिबारे विस्तृत व्रिफिङबाट हुने कार्यसूची छ । केन्द्रीय सदस्यहरूको रिपोर्टिङमा २० जनाले दुई–दुई मिनेट बोल्न पाउने भनिएको छ ।
बैठकमा केन्द्रीय समिति पदाधिकारी मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा, विधान संशोधनका विषयमा पनि छलफल हुने प्रवक्ता झाले बताए।
आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार क्लब गठन र आवेदन आह्वान, प्रवासमा रहेका नेपालीहरुलाई प्रवासबाटै मताधिकारलगायत विषयमा पनि बैठकमा छलफल हुने उनले जानकारी दिए ।
यस्तै बैठकमा गृहमन्त्री प्रकरणबारे पनि छलफल हुने नेताहरूले जानकारी दिएका छन् । हालै गृहमन्त्री सुधन गुरुङको व्यापारी दीपक भट्टसँग व्यापारिक (सेयर) लगानी रहेको तथ्य बाहिरिएकाे थियाे । यसबारे चाैतर्फी आलाेचना हुन थालेपछि उनले आज सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका थिए ।
बैठकले पार्टीका सहमहामन्त्री भूपदेव साहलाई महामन्त्री बनाउने तयारी गरेको पनि नेताहरूले बताएका छन्।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया