शुक्रबार, वैशाख ११, २०८३

इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत

मेरोन्यूज २०८३ वैशाख १० गते २०:१८

क्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो ९१०५ अर्ब डलर० को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत गरेका छन् ।हङ्गेरीका निवर्तमान प्रधानमन्त्री भिक्टर ओर्बानले ऋण स्वीकृत गर्न राखेको कडा अडानका कारण उक्त ऋण स्वीकृत हुन सकेको थिएन ।
उनले भने, “आजको दिन हाम्रो रक्षा र युरोपेली सङ्घसँगको सम्बन्धका लागि महत्वपूर्ण दिन हो । युक्रेनका लागि युरोपेली सहयोगस्वरूप तय गरिएको ऋण दुई वर्षमा ९० अर्ब युरो खुला गरिएको छ,” जेलेन्स्कीले एक्समा भने ।
“यो महत्त्वपूर्ण छ, चार वर्षभन्दा बढीको पूर्ण मात्रामा युद्धपछि युक्रेनले यस स्तरको वित्तीय निश्चिततालाई सुरक्षित गरिरहेको छ,” उनले थपे ।
उनी पहिलो किस्ता मे वा जूनसम्म वितरण गर्न आग्रह गरे ।जेलेन्स्कीले भने, “युक्रेनले हतियार उत्पादन, युक्रेनमा अहिलेसम्म उत्पादन नगरेका साझेदारहरूबाट आवश्यक हतियारहरू खरिद गर्न र अर्को जाडोको लागि युक्रेनकोे ऊर्जा क्षेत्र र महत्वपूर्ण पूर्वाधारको पुनः निर्माणमा पैसा खर्च गर्नेछ।” रूसले हिउँदभरि युक्रेनको पावर ग्रिड र ऊर्जा उत्पादन स्थलहरू ध्वस्त पारेको थियो ।
चार वर्षको आक्रमणका कारण सबैभन्दा कडा जाडोको बीचमा लाखौंलाई चिसो र अँध्यारोमा जीवन निर्वाह गर्न बाध्य बनाएको थियो ।युक्रेनका कतिपय शहर र गाउँमा तापक्रम माइनस २० डिग्री सेल्सियससम्म पुग्ने गर्छ ।
“यी स्रोतहरूले हामीलाई हाम्रो बिजुली प्रणाली कायम राख्न, महत्वपूर्ण पूर्वाधारको रक्षा गर्न र पुनः निर्माणलाई गति दिन मद्दत गर्नेछ,” युक्रेनका ऊर्जा मन्त्री डेनिस श्मीगलले एक्समा लेखेका छन्।

Advertisement
NiccNicc

प्रतिक्रिया