बुधबार, वैशाख २, २०८३

देउवा–प्रचण्डसहित विपक्षी गठबन्धनको रिटमाथि आज सुनुवाई नहुने

मेरोन्यूज २०७८ जेठ ११ गते १२:५८

काठमाडौँ । विपक्षी गठबन्धनले सोमबार सर्वोच्च अदालतमा दर्ता गरेको रिटमाथि आज सुनुवाई नहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेकै माधव नेपालसहित १४६ जना विघटित प्रतिनिधिसभाका सदस्यहरूले रिट दायर गरेका थिए ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

राष्ट्रपतिले नयाँ सरकार गठन गर्न दिएको २१ घण्टे अल्टिमेटमसँगै विपक्षी गठबन्धनले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्ने माग राख्दै १४९ जना सांसदको हस्ताक्षर गरी राष्ट्रपति कार्यालयमा पेश गरेका थिए । सोही दिन प्रधानमन्त्री ओलीले आफूसँग १५३ सांसद रहेको भन्दै राष्ट्रपति कार्यालयमा दाबी गरेसँगै शुक्रबार मध्य रातमा प्रतिनिधिसभा विघटन भएको थियो ।

यससँगै विपक्षी गठबन्धनले सर्वोच्चमा देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने, प्रतिनिधिसभा पुनस्थापना गर्नु पर्ने माग राख्दै रिट दायर भएको थियो ।

गत पुस ५ गते भएको प्रतिनिधिसभा विघटनबारे परेको रिट प्रधानन्यायधीश चोलेन्द्र शमशेर आफैले हेरेकाले यसपटको रिटसमेत उनी आफैले हेर्नु सक्ने भएका छन् । यसका लागि कुनै दिन तोकिएको छैन ।

प्रतिक्रिया