दुई हजार चार सय बयानब्बे जना ट्राफिक कारबाहीमा
मेरोन्यूज
२०८३ वैशाख १३ गते १०:०४

काठमाडौँ, ७ वैशाखः काठमाडौँँको नयाँबानेश्वर–बबरमहल–माइतीघर क्षेत्रमा जारी शिक्षक आन्दोलनले सवारीसाधन अवरोध भएपछि थापागाउँ–हनुमानस्थान सडकमा जाम र अस्तव्यस्त अवस्थामा । तस्बिरः सुरज घिमिरे÷रासस
काठमाडौँ- बितेका २४ घण्टामा दुई हजार चार सय बयानब्बे सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख चार हजार राजस्व दाखिला भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ६८, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका २७५, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १४५ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ९६, निषेधित क्षेत्रमा हर्न बजाउने ७५, निर्धारित स्थानामा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता ५९ र अन्य सवारी नियम पालना नगरेका एक हजार ४१३ जनालाई कारबाही गरिएको हो ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
प्रतिक्रिया