कैलालीका ४० युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम

टीकापुर (कैलाली) । यहाँका ४० युवालाई ‘कम्प्युटर टेक्निसियन’ र ‘अफसेट छपाइ मेसिन अपरेटर’ तालिम दिन थालिएको छ । युवालाई रोजगारीसँग जोड्ने उद्देश्यले २० र ‘अफसेट प्रेस’तर्फ २० जनालाई तालिम दिन थालिएको टीकापुर नगरपालिका रोजगार सेवा केन्द्रले जनाएको छ ।
बेरोजगार युवालाई स्वरोजगार बनाउने र सम्भावना भएका क्षेत्रमा रोजगारीका अवसर सृजना गर्न शनिबारदेखि तीन सय ९० घण्टाको तालिम आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले जानकारी दिए ।
प्राविधिक सीप भएको मानिस रोजगारीमा जोडिन सहज हुने भएकाले यस्तो तालिम दिन थालिएको उनले बताए । “हाल धेरैजसो युवा विदेश गइरहेका छन्, तर प्राविधिक सीप सिकेर स्वदेशमै रोजगारी गर्न सकिन्छ । त्यसका लागि कम्प्युटर र छपाइसम्बन्धी तालिम उपयुक्त हुन्छ भन्ने सुझावका आधारमा योजना बनाएका हौँ”, प्रमुख प्रशासकीय अधिकृत धितालले भने,“अब हरेक काममा कम्प्युटर हरेक अपरिहार्य भइसकेको छ । छपाइको काम पनि त्यत्तिकै महत्त्पूर्ण छ, तर यहाँ कम्प्युटर मर्मत र छपाइको काम गर्न स्थानीय जनशक्ति नभएकाले भारतीय नागरिकले धेरै अवसर पाइरहेका छन् । त्यसैले पनि यो तालिम आयोजना गरिएको हो ।”
नगरपालिका आर्थिक विकास समितिका संयोजक तथा वडा नं ७ का अध्यक्ष यज्ञप्रसाद न्यौपानेले सीप सिकेर स्वदेशमै रोजगारी गर्न उत्प्रेरित गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए । “बाह्र कक्षापछि रोजगारीका लागि विदेश जाने प्रचलन छ । हाम्रो उद्देश्य युवाले स्वदेशमै राम्रो कमाइ गरुन् भन्ने हो । त्यसैले सीपयुक्त मानिस उत्पादन गर्न आवश्यक छ”, उनले भने ।
आर्थिक विकास शाखा प्रमुख रन्जु आचार्यले रोजगारीका अवसर भएका ठाउँमा दक्ष जनशक्ति अभाव भएकाले पालिकाले दक्ष जनशक्ति उत्पादनका लागि तालिम आयोजना गरेको बताए ।
















नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने
लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया