शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
मेरोन्यूज
२०८३ वैशाख १३ गते २०:१०

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देश र कांग्रेस पार्टीको पछिल्लो अवस्थाका बारेमा बुद्धिजीवीहरूसँग छलफल गरेका छन् । आइतबार कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा बुद्धिजीवीहरूसँग छलफल भएकाे हाे ।
छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा.दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, डा.बिनिता कार्की, जगदीश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, विष्णु बुढाथोकी, डा.उद्धव प्याकुरेल, जेन्जी युवाहरू अभिजित अधिकारी र करिना पुरी लगायत सहभागी रहेका थिए ।
दिउँसो १ बजेदेखि ४ बजेसम्म भएको उक्त छलफलमा डा.शशाङ्क कोइराला, सुजाता कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, डा मिनेन्द्र रिजाल र डा गोविन्दराज पोख्रेल पनि सहभागी रहका थिए ।

सम्बन्धित
















दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने
शनिबारदेखि अवरुद्ध बिपी राजमार्ग अझै खुलेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
संसदीय दलको नेता छान्न र कारबाहीबारे निर्णय लिन कांग्रेसको आज तीन वटा बैठक बस्दै
नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया