सेयर बजारमा २५ अंकको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंक गिरावट देखिएको छ । आज नेप्से परिसूचक २५ दशमलव ८१ अंकले घटेर दुई हजार ७४४ दशमलव ४५ बिन्दुमा कायम भएको हो ।
आज ३५१ कम्पनीको एक करोड २१ लाख ३४ हजार ३६० कित्ता शेयर एक लाख चार हजार पाँच पटक खरिद बिक्री हुँदा रु चार अर्ब ९८ करोड ६२ लाख ९४ हजार १७३ बराबरको कारोबार कारोबार भएको नेप्सेले जनाएको छ ।
आज विकास बैंक शून्य दशमलव १४, म्युचुअल फन्ड शून्य दशमलव ०१ र व्यापार समूह एक दशमलव ०९ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।
बैंकिङ शून्य दशमलव ७६, वित्त शून्य दशमलव ६४, होटल तथा पर्यटन एक दशमलव ६४, जलविद्युत् एक दशमलव ४५, लगानी शून्य दशमलव ६६, जीवन बीमा शून्य दशमलव ८४ र उत्पादन तथा प्रशोधन समूह दुई दशमलव २४ प्रतिशतले घटेको छ ।
त्यस्तै, लघुवित्त शून्य दशमलव ५४, निर्जीवन बिमा समूह एक दशमलव ११ र अन्य समूह शून्य दशमलव ९२ प्रतिशतले घटेको हो ।
















काठमाडाैं उपत्यकामा हावाहुरीसहित वर्षा
मध्यपूर्व युद्ध सुरु भएयता इरानद्वारा २१ जनालाई मृत्युदण्ड, ४ हजारलाई पक्राउ
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
ओमानसँग नेपाल १०२ रनले पराजित
पर्वतको लुङ्खु – हुवास सडक कालोपत्र सम्पन्न
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया