जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
मेरोन्यूज
२०८३ वैशाख १६ गते १९:१९

काठमाडौँ । नेपाली सेनाले विपद् प्रतिकार्य र पूर्वतयारीलाई सहज बनाउने उद्देश्यका साथ सम्भावित जोखिम नक्साङ्कन गर्ने प्रयोजनका लागि तथ्याङ्क अद्यावधिक गरिएको स्पष्ट पारेको छ ।
सेनाका स्थानीय युनिटले आ–आफ्नो जिम्मेवारीका क्षेत्रमा हुनसक्ने विपद्का घटना व्यवस्थापनलाई सहज तुल्याउने हिसाबले सो कार्य गरेको सेनाद्वारा आज विज्ञप्तिमा उल्लेख छ ।
‘बर्सातको समयमा बाढी, पहिरो, डुबान र नदी कटानबाट हुनसक्ने जोखिमलाई दृष्टिगत गरी सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि विपद् पूर्वतयारीको योजना गर्दै आएको छ’, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विगतका वर्षमा भएका विपद्का घटनालाई समेत मध्यनजर गर्दै उक्त तयारी गरिएको सेनाले स्पष्ट पारेको छ ।
सम्बन्धित
















सुदूरपश्चिममा ९ महिनामा १४ सय फरार कैदी पक्राउ
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्याउन सर्वोच्चको परमादेश
दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासंघ दृढ
वर्षापछि काठमाडौँ उपत्यकाको वायुको गुणस्तरमा सुधार
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया