चितवन अटो शो मा फोटोन नेपालको विशेष कमर्शियल मोबिलिटी अफर

काठमाडाैं । फोटोन नेपालले CADA चितवन अटो शो २०२६ मा विशेष कमर्शियल मोबिलिटी अफर प्रस्तुत गरेको छ।
कम्पनीको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेइकल्स प्रा. लि.ले वैशाख १७ देखि २१ गतेसम्म भरतपुरस्थित चितवन एक्स्पो सेन्टर भइरहेकाे प्रदर्शनीमा प्रभावशाली सहभागिता जनाएको हो।
कम्पनीले हल नं. ०३ (कमर्शियल) को स्टल नं. ०३ मा आफ्ना विभिन्न इलेक्ट्रिक तथा कमर्शियल सवारी साधन प्रदर्शन रहेकाे जनाएको छ। विशेषगरी ईभी भ्यान, TM1 र पिकअप सेग्मेन्टका गाडीहरू इभेन्ट-विशेष अफरसहित प्रस्तुत गरिनेछन्।
फोटोन हाइ रूफ ईभी भ्यान र लो रूफ ईभी भ्यानसहितका मोडलहरूमा आकर्षक प्याकेज अफर राखिएको छ, जसमा फ्यामिली रिट्रीट प्याकेज, एलईडी टिभी, नगद रेफरल बोनस र गिफ्ट ह्याम्पर जस्ता सुविधा समावेश छन्। साथै सोकोन ईभी भ्यानमा पनि यस्तै विशेष अफरहरू उपलब्ध हुनेछन्।
त्यस्तै, TM1 मोडलमा नगद छुट र गिफ्ट ह्याम्पर उपलब्ध हुनेछन् भने पिकअप सेग्मेन्टमा पहिलो वर्षका लागि शून्य प्रतिशत ब्याजदर सुविधा दिइनेछ। यसले विशेषगरी व्यवसायी र उद्यमीहरूलाई कम लागतमा कमर्शियल सवारी साधन खरिद गर्न सहज बनाउने अपेक्षा गरिएको छ।
फोटोन नेपालले आफ्नो देशव्यापी सेवा सञ्जाललाई मुख्य बलका रूपमा प्रस्तुत गरेको छ। कम्पनीका अनुसार १७१ भन्दा बढी ईभी चार्जिङ स्टेशन, १४ भन्दा बढी आउटलेट भएको अफ्टर-सेल्स सेवा, जेन्युइन स्पेयर पार्ट्स उपलब्धता र लचिलो फाइनान्सिङ सुविधाले ग्राहकलाई दीर्घकालीन रूपमा सहजता प्रदान गर्नेछ।
कम्पनीले चितवन तथा आसपासका उद्यमी, व्यवसायी, परिवार र फ्लिट अपरेटरहरूलाई स्टल भ्रमण गरी उपलब्ध अफरबारे जानकारी लिन आग्रह गरेको छ। फोटोन नेपालले चीनको प्रमुख कमर्शियल भेहिकल ब्रान्डको प्रतिनिधित्व गर्दै नेपालमा आधुनिक र विद्युतीय मोबिलिटी समाधान विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।
















सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया