किंग्स कलेजमा नर्सका लागि क्वारेन्टिन बनाइयाे

काठमाडौं । बबरमहलस्थित किंग्स कलेजले आफ्नो नयाँ भवनमा आजदेखि व्यावसायिक नर्सहरुका लागि क्वारेन्टिन केन्द्रको स्थापना गरेको छ । कोरोना महामारीमा सबै जना आआफ्नो ठाउँबाट उठेर सहयोगका गतिविधिहरूमा सामेल हुनुपर्ने कलेजका अध्यक्ष नरोत्तम अर्यालले बताए ।
उनले भने,“ हामी किङ्ग्सका विद्यार्थीहरू, शिक्षकहरू तथा पूर्व विद्यार्थीहरू विरामीहरूको जीवन बचाउने महत्वपूर्ण भूमिकामा हुने नर्सहरूलाई सेवा गर्ने अवसर पाउँदा निकै नै गौरवान्वित छौं। ”
नेपाल नर्सिङ संघकी अध्यक्ष प्रा मनकुमारी राईले आफ्नो ज्यान नै जोखिममा राखेर बिरामीहरूलाई सेवा प्रदान गरिरहेका नर्सलाई यसप्रकारकाे व्यवस्थाले सहयाेग पुर्याएकाे बताइन् । धेरै नर्सहरु बेन्च, सोफा तथा कतिपयले आराम गर्न घर जान नपाएका कारण भूईंलाई नै ओछ्यानहरू बनाउन बाध्य रहेकाे उनकाे भनाइ छ ।
‘नेपाल चिकित्सक संघ’ का केन्द्रीय समिति सदस्य डा. रितेश थापा दिनरात नभनी कोभिडका बिरामीको सेवामा खटिएका नर्सहरूलाई सहयोग र उत्प्रेरित गर्नु सबैको जिम्मेवारी भएको बताउँछन्। यस क्वारेन्टिन सेन्टरको स्थापनामा सहकार्य गर्नुको औचित्य प्रष्ट पार्दै उनी भन्छन्, “यो संकटको समयमा हामी सबैले मिलेर कोरोनामाथि जीत हासिल गर्नु पर्नेछ । यस पुन्य काममा त्यसैले हामी पनि सहभागी भएका हौँ।”
प्रथम चरणमा २५ जना नर्सहरुलाई समायोजित गर्न सकिने क्वारेन्टिन सेन्टरको क्षमता वृद्धि गरी १०० जनासम्मलाई समायोजित गर्न सकिने बनाइनेछ । क्वारेन्टिन सेन्टरमा नर्सहरुलाई प्रदान गरिने सबै सुविधाहरु निःशुल्क हुनेछन् । कोभिडका बिरामीहरूको सेवाको लागि अहोरात्र खटिनु भएका समर्पित नर्सहरूलाई सहज ढंगले स्वस्थ खाना, सफा तथा सुरक्षित आवास उपलब्ध गराउन यस केन्द्र प्रतिबद्ध रहेकाे छ ।
यस केन्द्रमा आराम गर्ने तथा सुत्ने बेड तथा आवश्यक सामग्रीहरू र दैनिक ३ पटक सन्तुलित भोजन उपलब्ध हुनेछ । साथै क्वारेन्टिनमा बस्नेहरूको शारीरिक तथा मानसिक स्वास्थ्य र तन्दुरुस्तीलाई कायम राख्न चिकित्सकहरूबाट नियमित भ्रमण र अनुगमन हुनेछ ।
नेपाल मेडिकल एसोसिएशन र नर्सिङ्ग एसोसिएशन अफ नेपालको समन्वयमा सञ्चालनमा ल्याइको क्वारेन्टाइन सेन्टरको स्थलगत व्यवस्थापन, आवश्यक सामग्री आपूर्तिलगागत प्रमुख जिम्मेवारी किंग्स क्लब र किंग्स कलेजले करुणा फाउन्डेसन नेपाल र अडारा समूहको साझेदारीमा रहनेछ ।
















यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा
काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुने
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया