पार्टीको निर्णयलाई सुदूरपश्चिम एमाले संसदीय दलको बैठकद्वारा अस्वीकार

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको नेकपा एमाले संसदीय दलको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । बुधबार बसेको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारको समर्थन जारी राख्ने निर्णय गरेको हो ।
गत सोमबार पार्टीको स्थायी कमिटी बैठकले माधव नेपाल, झलनाथ खनालसहित ११ जना विघटित प्रतिनिधिसभा सदस्यलाई पार्टीको साधरण सदस्यसमेत नरहने गरी निष्कासनसहित सुदूरपश्चिम प्रदेशको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर, सुदूरपश्चिम एमालेको संसदीय दलको बैठकले स्थायी कमिटीलाई चुनौती दिँदै समर्थन फिर्ता नलिने निर्णय गरेको हो ।
एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको आज बसेकाे बैठकले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय भएको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदीले जानकारी गराए । उनका अनुसार अहिले काेराेनाकाे महामारी र बजेट ल्याउने पर्ने अवस्था भएकाले सरकारबाट समर्थन फिर्ता नलिने निर्णय भएको हाे ।
योसँगै सुदूरपश्चिम प्रदेशमा माओवादी नेतृत्वको सरकार जोगिएको छ । सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ सांसद छन् । बुधबारको बैठकमा २१ जना सहभागी थिए ।
सुदूरपश्चिम प्रदेशसभामा अहिले ५२ सदस्य छन् । सबभन्दा ठूलो दल एमालेका २५, नेकपा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी (जसपा)का २ जना प्रदेशसभा सदस्य छन् ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया